१०८ पवित्र स्तूपको समारोहमा सहभागी हुन १७औँ ग्याल्वाङ कर्मापा भुटानमा

ड्रागन मिडिया समाचार कक्ष
१७औँ ग्याल्वाङ कर्मापा ओग्येन त्रिन्ले दोर्जे अक्टोबर ३० मा भुटान पुगेका छन्। उनी भुटानको गेलेफु माइन्डफुलनेस सिटीमा आयोजना हुने ‘परियोजना १०८’ नामक धार्मिक तथा आध्यात्मिक कार्यक्रममा सहभागी हुनेछन्।
माउ छु नदी किनारमा निर्माण गरिएका १०८ जाङछुब छोर्तेन आगामी नोभेम्बर १ मा एकै दिन उठाइने कार्यक्रम छ। प्रत्येक स्तूप १५ मिटर अग्लो हुने आयोजकले जनाएको छ।


कर्मापा नोभेम्बर १ देखि ४ सम्म गेलेफुमा हुने प्रार्थना, धार्मिक अभ्यास र स्तूप प्रतिष्ठासम्बन्धी कार्यक्रममा सहभागी हुनेछन्। यस समारोहमा हजारौँ श्रद्धालु र बौद्ध धर्मावलम्बीहरू जुट्ने अपेक्षा गरिएको छ।
‘परियोजना १०८’ भुटानको महत्वपूर्ण धार्मिक तथा राष्ट्रिय पहलका रूपमा अघि बढाइएको छ। १०८ स्तूप एकै दिन उठाउने कार्यक्रमलाई विशेष आध्यात्मिक अवसरका रूपमा लिइएको छ।





