१४ कार्तिक २०८३, शुक्रबार

आईजीपीबारे समाचार लेखेको विषयमा पत्रकार विश्वमणि सुवेदी पक्राउ


ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको छ। साइबर ब्युरोको पत्रका आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले रातोपाटीलाई बताएका छन्।

केही दिनअघि नेपाल प्रेसले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाउन खोजेको र त्यसबारे कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशित गरेको थियो। सोही विषयमा सोधपुछ गर्न सुवेदीलाई पक्राउ गरिएको साइबर ब्युरोका अधिकारीहरूले बताएका छन्।

शुक्रबार नै प्रहरीले अर्का पत्रकार शोभराज बराललाई पनि पक्राउ गरेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button