१४ कार्तिक २०८३, शुक्रबार

देउवा पक्षको महाधिवेशन पनि खुलामञ्चमा हुने

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन खुलामञ्चमा गर्ने तयारी गरेको छ। महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्ने तयारी रहेको निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जानकारी दिए।

उनका अनुसार देउवा पक्षले महाधिवेशनका लागि खुलामञ्च बुकिङ गरेको छ। गत पुसमा विशेष महाधिवेशन भएपछि पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएको यो समूहले खुलामञ्चलाई स्थलका रूपमा रोजेको हो।

यसअघि गगन थापा पक्षले पनि असोज १८ गतेदेखि खुलामञ्चमै महाधिवेशन गरेको थियो। देउवा पक्षले त्यही स्थान रोज्नुको उद्देश्य थापा पक्षलाई राजनीतिक जवाफ दिनु रहेको समाचारमा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button