१५ कार्तिक २०८३, शनिबार

पूर्वसंविधानसभा सदस्य छोवाङ तेन्जिन तामाङको निधन

ड्रागन मिडिया सम्वाददाता

पूर्वसंविधानसभा सदस्य तथा नेकपा एमालेका नेता छोवाङ तेन्जिन तामाङको शनिबार बिहान निधन भएको छ। नुवाकोटस्थित स्टार अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

तामाङ २०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद बनेका थिए। उनी एमाले रसुवाका संस्थापक सदस्यमध्ये एक थिए।

तामाङ २०५४ सालमा धुन्चे गाविसका अध्यक्ष बनेका थिए। उनले एमाले रसुवाको जिल्ला अध्यक्षका रूपमा काम गरेका थिए भने पार्टीको केन्द्रीय कमिटीअन्तर्गत सल्लाहकार समितिका सदस्यसमेत बनेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button