देउवा पक्षको रुपन्देही–५ सभापतिमा कमलप्रसाद भुसाल निर्वाचित

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा पक्षको रुपन्देही क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापतिमा कमलप्रसाद भुसाल निर्वाचित भएका छन्।
लुम्बिनीस्थित बुद्धमाया होटल प्यालेसमा सम्पन्न क्षेत्रीय अधिवेशनले भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनको उद्घाटन समारोहमा दामोदर भुसाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा युवा नेता विष्णु पोखरेल, लुम्बिनी अञ्चल सहसंयोजक लीला कुमारी पौडेल, युवा नेता आशिष शर्मा, पूर्वप्रदेशसभा सदस्य रमा अर्याल तथा क्षेत्र नम्बर ५ का सहसंयोजक गुनाखर पोखरेललगायत नेता सहभागी थिए।
अधिवेशनमा वक्ताहरूले पार्टी संगठन सुदृढ गर्न, आन्तरिक लोकतन्त्र बलियो बनाउन र नेता–कार्यकर्ताबीच एकता तथा सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले जनतासँग पार्टीको सम्बन्ध थप बलियो बनाउँदै जनताका समस्या र अपेक्षा सम्बोधन गर्नुपर्ने बताएका थिए।





