१५ कार्तिक २०८३, शनिबार

वर्षाले छोट्यायो खेल, सुदूरपश्चिम र विराटनगर ५–५ ओभर खेल्दै

ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच शनिबार हुने खेल पाँच–पाँच ओभरमा सीमित गरिएको छ। खेल सुरु हुनुअघि टस हुने र खेल राति ७:४१ बजे शुरु हुने तय भएको छ।

वर्षाका कारण आजै तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल भने रद्द भएको थियो। दुवै टोलीले एक–एक अंक बाँडेपछि उनीहरूको अंकतालिकामा तीन–तीन अंक पुगेको छ। लुम्बिनी र चितवनले यसअघि आ–आफ्नो पहिलो खेल जितेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button