१६ कार्तिक २०८३, आईतवार

नेपालगञ्ज भन्सारले तीन महिनामा पाँच अर्ब २४ करोड रुपैयाँ राजस्व उठायो

ड्रागन मिडिया सम्वाददाता

नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म पाँच अर्ब २४ करोड ८९ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो वार्षिक लक्ष्यको करिब २० प्रतिशत हो।

कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार साउनमा एक अर्ब ६१ करोड १७ लाख ७३ हजार, भदौमा एक अर्ब ७४ करोड १२ लाख ५१ हजार र असोजमा एक अर्ब ८९ करोड चार लाख सात हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

चालु आर्थिक वर्षका लागि कार्यालयलाई २६ अर्ब २० करोड ५२ लाख ६५ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको छ। गत आर्थिक वर्षमा २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ सङ्कलनको लक्ष्य रहेकामा २० अर्ब ११ करोड ५५ लाख एक हजार रुपैयाँ मात्र उठेको थियो।

गत आर्थिक वर्षको वास्तविक सङ्कलनभन्दा चालु वर्षको लक्ष्य छ अर्ब रुपैयाँभन्दा बढीले बढाइएको छ। वार्षिक लक्ष्य पूरा गर्न आवश्यक कार्ययोजना बनाइएको सूचना अधिकारी खड्काले बताए।

नेपालगञ्ज भन्सारबाट इन्धन, ट्र्याक्टर तथा ट्रेलर, पोलिथिनका दाना, चामल, खाद्यान्न र फलामलगायतका वस्तु बढी आयात हुन्छन्। जडीबुटीलगायतका वस्तु भने निर्यात हुने गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button