उत्तर कोरियाद्वारा सामरिक क्षेप्यास्त्रको गुच्छे बमयुक्त युद्धशीर्ष परीक्षण

ड्रागन मिडिया समाचार कक्ष
उत्तर कोरियाको सामान्य क्षेप्यास्त्र ब्युरोले सामरिक ब्यालिस्टिक क्षेप्यास्त्रमा जडान गरिने गुच्छे बमयुक्त युद्धशीर्षको युद्धमा उपयोगिता र प्रभाव क्षमता परीक्षण गरेको छ। उत्तर कोरियाली केन्द्रीय समाचार समितिले परीक्षणबारे जानकारी दिएको हो।
ब्युरो प्रमुखका अनुसार गुच्छे बमयुक्त युद्धशीर्षलाई विशेष प्रयोजनका युद्धशीर्ष र चार प्रकारका मानक युद्धशीर्षमा वर्गीकरण गरिएको छ। सञ्चालनको लक्ष्य र नष्ट गर्नुपर्ने वस्तुको प्रकृतिलाई ध्यानमा राखेर सैन्य एकाइहरूले यी सबै प्रकारका युद्धशीर्ष छानेर प्रयोग गर्न सक्ने व्यवस्था यसै वर्ष गरिने उनले बताए।
परीक्षणबाट मानक प्रकार नं. २ को गुच्छे बमयुक्त युद्धशीर्षले १२ देखि १३ हेक्टर क्षेत्रफलको लक्ष्य नष्ट गर्न सक्ने पुष्टि भएको ब्युरोले जनाएको छ।





