१८ कार्तिक २०८३, मंगलवार

लुहान्स्क क्षेत्रमा यात्रुबसमा आक्रमण हुँदा एक जनाको मृत्यु, आठ घाइते

ड्रागन मिडिया समाचार कक्ष

रुसले लुहान्स्क जनगणतन्त्रका रूपमा सम्बोधन गर्ने क्षेत्रमा यात्रुबसमा भएको आक्रमणमा एक सर्वसाधारणको मृत्यु भएको र आठ जना घाइते भएको त्यहाँका प्रमुख लियोनिद पासेचनिकले बताएका छन्।

पासेचनिकका अनुसार लुहान्स्क–जिमोगोर्ये मार्गमा चल्ने बसलाई स्लाभ्यानोसेर्ब्स्क नगरपालिकाको रोडाकोभो र झेल्तोयेबीचको सडकखण्डमा आक्रमण गरिएको थियो। उनले घटनाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रारम्भिक विवरणअनुसार एक जनाको मृत्यु र आठ जना घाइते भएको बताएका हुन्।

पासेचनिकले युक्रेनी पक्षले सर्वसाधारणलाई लक्षित गरेको आरोप लगाएका छन्। घटनाको स्वतन्त्र पुष्टि र आक्रमणको जिम्मेवारीबारे युक्रेनी पक्षको प्रतिक्रिया उपलब्ध छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button