१८ कार्तिक २०८३, मंगलवार

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

ड्रागन मिडिया सम्वाददाता

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले लुम्बिनीसहित देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

मङ्गलबार दिउँसो हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। तराईमा मौसम मुख्यतया सफा रहनेछ।

मङ्गलबार राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। तराई, उपत्यका र खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button