१८ कार्तिक २०८३, मंगलवार

एनपीएलमा आज दुई खेल : विराटनगर र जनकपुरबीच प्रतिष्ठाको भिडन्त, लुम्बिनीलाई पोखराको चुनौती

ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुँदैछन्।

पहिलो खेलमा दिउँसो १२:३० बजे विराटनगर किङ्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। तीन खेल खेलेको विराटनगरले एक खेल जितेको छ भने दुईमा पराजित भएको छ। जनकपुरले भने तीनमध्ये दुई खेल जितेको छ।

आजको दोस्रो खेलमा अपराह्न ४:३० बजे लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ। दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको छ भने वर्षाका कारण अर्को खेलबाट अङ्क बाँडेको छ। सुरुआती दुवै खेल हारेको पोखरा पहिलो जितको खोजीमा हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button