मझिमटारमा आज बिहान दुई घण्टा पृथ्वी राजमार्ग बन्द हुने

ड्रागन मिडिया सम्वाददाता
धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा आज बिहान ९ देखि ११ बजेसम्म पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार निर्माणाधीन आकाशे पुलमा गर्डर राख्ने र सडक स्तरोन्नतिको कामका लागि सबै प्रकारका सवारी साधन रोक्ने तयारी गरिएको हो। सोमबार निर्धारित समयमा काम पूरा नभएपछि बाँकी कामका लागि आज पुनः समय तोकिएको प्रशासनले जनाएको छ।
प्रशासनले सवारी चालक तथा सडक प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न र ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ।





