१८ कार्तिक २०८३, मंगलवार

उत्तरगयाधाममा पितृमोक्ष महायज्ञ सुरु

ड्रागन मिडिया सम्वाददाता

रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा पाँचदिने पितृमोक्ष महायज्ञ सुरु भएको छ। सोमबारदेखि सुरु भएको महायज्ञ कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ।

काठमाडौँको मृगस्थलीस्थित गुरु गोरखनाथ पीठ सिद्धाञ्चलको आह्वानमा महायज्ञ आयोजना गरिएको हो। गत भदौ १० गते आएको विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको आत्मशान्ति र दिवङ्गत पितृहरूको मोक्षको कामना गर्दै कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button