अमेरिकाको मध्यस्थतामा युक्रेनसँग त्रिपक्षीय वार्ता गर्ने रूसको तयारी

ड्रागन मिडिया समाचार कक्ष
रूसी राष्ट्रपति कार्यालयका सहयोगी युरी उशाकोभले अमेरिकाको मध्यस्थतामा युक्रेनसँग त्रिपक्षीय वार्ता गर्ने मस्कोको तयारी रहेको बताएका छन्।
“हामी युक्रेनी पक्षसँग अमेरिकाको मध्यस्थतामा त्रिपक्षीय वार्ता गर्ने योजनामा छौँ। अहिले र पछिल्ला वर्षमा भइरहेका घटनाक्रममा अमेरिकाको भूमिका निर्णायक महत्त्वको छ,” उशाकोभले भने।
युक्रेनको भविष्य धेरै हदसम्म अमेरिकामा निर्भर छ कि भन्ने प्रश्नमा उनले “अवश्य” भन्दै जवाफ दिएका थिए।





