टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुने

ड्रागन मिडिया सम्वाददाता
नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुट पाएपछि कात्तिक २६ गते रिहा हुने भएका छन्।
काठमाडौँ जिल्ला अदालतले कैद छुटसहित उनलाई मुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको छ। अदालतबाट संशोधित कैदीपुर्जी प्राप्त भएको जेलर बाबुराम अर्यालले बताएका छन्।
रायमाझीले ६५ वर्ष पुगेपछि ज्येष्ठ नागरिकको सुविधा पाउन माग गर्दै अदालतमा निवेदन दिएका थिए। ज्येष्ठ नागरिकसम्बन्धी ऐनअनुसार ६५ वर्ष पूरा भई ७० वर्ष ननाघेका कैदीलाई उमेर र कसुरको अवस्था हेरी २५ प्रतिशतसम्म कैद छुट दिन सकिन्छ। अदालतले रायमाझीलाई चार वर्षको कैद सजायमा २५ प्रतिशत छुट दिएको जनाएको छ।
रायमाझीले कात्तिक २५ गते ६५ वर्ष पूरा गर्दैछन्। उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौँ जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर गर्दै चार वर्ष कैद सजाय सुनाएको थियो। रिहाइको निर्णय अदालतले दिएको कैद छुटका आधारमा भएको हो।





