१८ कार्तिक २०८३, मंगलवार

मन्त्रिपरिषद्का ६ निर्णय : एडीबी ऋण स्वीकारदेखि जग्गा बाँडफाँटको म्याद थपसम्म

ड्रागन मिडिया सम्वाददाता

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सडक सुधारका लागि एसियाली विकास बैंक (एडीबी)बाट प्राप्त हुने २८ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण र दुई करोड अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले नेपाल पुनर्बीमा कम्पनीमा सरकारको थप हकप्रद शेयर लगानी गर्न पनि सहमति दिएको छ।

बैठकका अन्य निर्णय यस्ता छन् :

१. कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा नानो मल, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने।

२. तुर्किएको आन्ताल्यामा कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिने।

३. मोही लागेको जग्गा बाँडफाँट गर्न जग्गावाला र मोहीले निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिकसम्म तथा बाँडफाँटको प्रक्रिया टुङ्ग्याउनुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने।

४. प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

बैठकका निर्णयबारे सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button