फेरिचेमा दुई हेलिकोप्टर ठोक्किँदा भारतीय नागरिकको मृत्यु, तीन घाइते

ड्रागन मिडिया सम्वाददाता
सोलुखुम्बुको फेरिचेस्थित हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
मङ्गलबार बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकोप्टर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा भारतको चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको हो। उनको शव प्रभु एयरको हेलिकोप्टरमार्फत लुक्लाको बिसुगार्ड पुर्याइएको जनाइएको छ।
घाइते हुनेमा न्युजिल्यान्ड निवासी ४९ वर्षीय सेलिशकुमार पटेल तथा दुवै हेलिकोप्टरका पाइलट रविन्द्र प्रजापति र प्रजल केसी छन्।





