टोल महसुल सङ्कलन सुरु भएपछि नागढुंगा सुरुङमार्गमा सवारी चाप

ड्रागन मिडिया सम्वाददाता
नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट टोल महसुल उठाउन थालेपछि प्रवेशद्वारमा चाप बढेको छ। कात्तिक १५ देखि शुल्क सङ्कलन सुरु गरिएको हो।
टोल महसुल नगद वा क्यूआर कोडमार्फत तिर्न सकिने व्यवस्था भए पनि भुक्तानी प्रक्रिया पूरा गर्न समय लाग्दा सवारीसाधन लामो समयसम्म लाइनमा बस्नुपरेको छ।
शुल्क सङ्कलनलाई छिटो र सहज बनाउन सके सुरुङमार्गको प्रवेशद्वारमा हुने सवारी चाप र यात्रुले भोग्नुपरेको सास्ती कम हुने देखिन्छ।





