विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य, तीन खेलाडीको अर्धशतक

ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई हराउन विराटनगर किङ्सले १७५ रनको लक्ष्य दिएको छ। टस जितेर जनकपुरले पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनायो।
विराटनगरका इमरान शेखले सर्वाधिक ५६ रन बनाए। उनले ४५ बलमा रन जोडे। आन्द्रे रसेल २९ बलमा ५२ रन बनाउँदै अविजित रहे भने लोकेश बमले ४० बलमा ५० रन बनाए। तीनै जनाले अर्धशतक पूरा गरे।
शेहान जयसूर्या एक रनमा आउट भए। शुभम रञ्जने सात रनमा अविजित रहे। जनकपुरका अभिषेक तिवारीले दुई विकेट लिए भने मोइन अलीले एक विकेट लिए।





