१८ कार्तिक २०८३, मंगलवार

पत्रकार पक्राउमा सरकारको स्पष्टीकरण : प्रहरीले अनुमति लिएको थिएन

ड्रागन मिडिया सम्वाददाता

विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा पुगेर पत्रकारलाई पक्राउ गरेको घटनाबारे सरकारले आफूलाई जानकारी नभएको बताएको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रहरीले सरकारको अनुमति नलिएको र कुनै निर्देशनसमेत नपाएको दाबी गरेका छन्।

गत शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर पत्रकारलाई पक्राउ गरेको थियो। मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई घटनाबारे जानकारी नभएको बताए।

उनका अनुसार प्रधानमन्त्रीले नेपाल प्रहरीका महानिरीक्षकको राजीनामा मागिएको वा कारबाही गर्न लागिएको भन्ने भ्रामक सूचना कसरी फैलियो भन्ने बुझ्न प्रहरीले सामान्य सोधपुछ गरेको भन्ने जानकारी पाएका थिए। मन्त्री पोखरेलले पत्रकार पक्राउ परेको खबर पाएपछि प्रधानमन्त्रीले उनीहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएको पनि बताए।

पोखरेलले प्रहरीले संवेदनशील सूचना चुहावट भएको विषयमा बुझ्न खोजेको सरकारको बुझाइ रहेको बताए। उनले पत्रकारमाथि धरपकड गर्न सरकारको अनुमति वा निर्देशन नदिइएको जिकिर गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button