रास्वपा क्षेत्रीय सभापतिको घरमा जुवाखालमा छापा, नौ जना नियन्त्रणमा

ड्रागन मिडिया सम्वाददाता
बागलुङमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति अमर खड्काको घरमा सञ्चालित जुवाखालमा प्रहरीले छापा मारेर नौ जनालाई नियन्त्रणमा लिएको छ।
बागलुङ नगरपालिका–२ निवासी खड्काको घरबाट उनलाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। प्रहरीले उनीहरूबाट १ लाख ६४ हजार रुपैयाँ नगद बरामद गरेको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूको स्वास्थ्य परीक्षणपछि जुवा ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।





