मनोज केसी नयाँ प्रहरी महानिरीक्षक नियुक्त, दानबहादुर कार्की पदमुक्त

ड्रागन मिडिया सम्वाददाता
सरकारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
कार्की पदमुक्त भएसँगै सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गरेको छ।
सरकार र कार्कीबीच केही समयदेखि विभिन्न विषयमा मतभेद रहँदै आएको थियो। उनलाई हटाउने तयारी सरकारले यसअघि नै गरे पनि विरोधका कारण निर्णय रोकिएको थियो। पछिल्लो समय सञ्चारगृहहरूमा प्रहरी प्रवेश गरेको विषयलाई लिएर कार्की र सरकारबीच स्पष्ट मतभेद देखिएको थियो।





