२१ कार्तिक २०८३, शुक्रबार

युरोपेली सुरक्षा संरचनाबारे अमेरिका, युक्रेन र नेटोबीच छलफल

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा उनका प्रतिनिधि जारेड कुश्नरले युरोपेली सुरक्षाबारे अमेरिका, युक्रेन, नेटो र युरोपेली साझेदारबीच ब्रसेल्समा छलफल भएको बताएका छन्।

कुश्नरका अनुसार छलफलमा युक्रेनका लागि सुरक्षा प्रत्याभूति र व्यापक युरोपेली सुरक्षा संरचनाका विषयमा विचार आदानप्रदान भयो। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “दीर्घकालीन शान्तिका लागि यी दुई विषय एकअर्कासँग जोडिएका र अत्यावश्यक छन्। युद्ध अन्त्य गर्ने व्यावहारिक उपाय खोज्न र स्थायी शान्तिको आधार बनाउन हामी सबै पक्षसँग गहन रूपमा काम गरिरहेका छौँ।”

बुधबार कुश्नरले युद्ध अन्त्य भएपछि अर्को सङ्कट उत्पन्न नहोस् भन्ने सुनिश्चित गर्ने युरोपेली सुरक्षा संरचना बनाउने अमेरिकी प्रशासनको लक्ष्य रहेको बताएका थिए। उनले सबै पक्षका सुरक्षा चासोलाई सम्बोधन गर्ने र भविष्यमा द्वन्द्वको जोखिम घटाउने पारस्परिक सहमतिका उपाय खोजिरहेको पनि उल्लेख गरेका छन्।

ब्रसेल्समा भएका छलफलपछि अमेरिका, युक्रेन र रुसका प्रतिनिधिमण्डलबीच अबुधाबीमा त्रिपक्षीय शान्तिवार्ता गर्ने तयारी छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि अमेरिकी प्रतिनिधिहरूसँगको कुराकानीमा उक्त वार्ताको तयारीबारे छलफल भएको बताएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button