२१ कार्तिक २०८३, शुक्रबार

इनम प्रकरणको अनुसन्धानपछि सबै विवरण सार्वजनिक गर्छौं : एसएसपी घिमिरे

ड्रागन मिडिया सम्वाददाता

इनम सापकोटा प्रकरणको अनुसन्धान पूरा भएपछि देखिएका सबै विषय सार्वजनिक गर्ने काठमाडौं प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताएका छन्।

शुक्रबार काठमाडौं प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले सापकोटाबारे अनुसन्धान भइरहेको जानकारी दिए। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध देखिएपछि सापकोटा पक्राउ परेको समाचार सार्वजनिक भएको छ।

सापकोटाको सर्वोच्च अदालतका न्यायाधीश, प्रधानमन्त्रीको सचिवालय र प्रहरीका उच्च अधिकारीहरूसँग सम्पर्क देखिएको दाबी गरिएको छ। उनी प्रहरी हिरासतमा रहेकै बेला प्रहरी अधिकृतहरूसँगको सोधपुछका क्रममा बोलेको भनिएको अडियोसहितका सामग्री पनि सार्वजनिक भएका छन्।

अनुसन्धानबारे अहिले नै प्रहरीको कुनै धारणा सार्वजनिक नभएको घिमिरेले बताए। अडियो कसरी र कुन परिस्थितिमा बाहिरियो भन्ने विषय पनि अनुसन्धानकै दायरामा रहेको उनले उल्लेख गरे। “अनुसन्धान सकिएपछि देखिएका विषय सार्वजनिक गर्छौं,” उनले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button