प्रहरी महानिरीक्षकको सचिवालयमा वरिष्ठ प्रहरी उपरीक्षक पोखरेल खटिए

ड्रागन मिडिया सम्वाददाता
नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वरिष्ठ प्रहरी उपरीक्षक प्रविण पोखरेललाई आफ्नो सचिवालयमा खटाएका छन्। पोखरेल यसअघि सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत थिए।
प्रहरी महानिरीक्षक फेरिएसँगै सचिवालयका कर्मचारी हेरफेर गर्ने प्रचलन रहे पनि केसीले पूर्वप्रहरी महानिरीक्षक दानबहादुर कार्कीको सचिवालयमा काम गरेको आधारमा कसैलाई भेदभाव नगर्ने नीति लिएको सचिवालयका एक अधिकृतले बताएका छन्।
हाल प्रहरी महानिरीक्षकको सचिवालयमा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले प्रवक्ताको जिम्मेवारीमा छन्। वरिष्ठ प्रहरी उपरीक्षक दीपसमशेर जबरा सहप्रवक्ता छन्। प्रहरी उपरीक्षक धर्मराज भण्डारी र प्रहरी नायब उपरीक्षक शेखरजङ्ग मल्लसहितका अधिकृत पनि सचिवालयमा कार्यरत छन्।
स्रोतका अनुसार तिहारलगत्तै हुने सरुवामा केही अधिकारी अन्य जिम्मेवारीमा जान सक्ने भए पनि प्रहरी महानिरीक्षक फेरिएको कारणले मात्र सचिवालयमा व्यापक हेरफेर गर्ने नीति छैन।
सचिवालयमा खटिएका पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्नुका साथै सर्लाही र रुपन्देहीलगायत जिल्लाको प्रहरी नेतृत्व सम्हालिसकेका छन्।





