प्रस्तावित चार न्यायाधीशविरुद्धका उजुरीकर्तासँग आज छलफल
ड्रागन मिडिया सम्वाददाता
सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाइ समितिले आज उजुरीकर्तासँग छलफल गर्ने भएको छ। समितिको कार्यतालिकाअनुसार छलफल बिहान ९ः३० बजे सुरु हुनेछ।
प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध समितिमा १३ वटा उजुरी परेका छन्। बिहीबार बसेको समितिको बैठकमा ती उजुरी खोलिएको थियो।
न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि चारै जनाको नाम सिफारिस गरेको हो। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरूलाई न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।





