नेपाली निर्देशकले मस्कोमा आफ्नो चलचित्र परियोजना प्रस्तुत गर्ने

नोभेम्बर १२ मा रुसको राष्ट्रिय केन्द्रमा ‘भविष्यको झट्कासँग जुध्ने माध्यमका रूपमा सिनेमा’ विषयक अन्तर्राष्ट्रिय चलचित्र परियोजना प्रस्तुति कार्यक्रम आयोजना हुँदैछ। यो ‘भविष्य निर्माण’ शीर्षकको तेस्रो अन्तर्राष्ट्रिय गोष्ठीको एउटा भाग हुनेछ।
विदेशी चलचित्रकर्मीबाट प्राप्त १७ वटा प्रस्तावमध्ये उत्कृष्ट परियोजनाहरू छनोट गरिएका छन्। तीमध्ये नेपाली निर्देशक राज सर्गम (राजकुमार लामिछाने)को ‘गाडी: पवित्र स्थल’ नामक परियोजना पनि परेको छ।
चलचित्रकी मुख्य पात्र नेपालका एक गाउँकी १६ वर्षीया भवानी हुन्। उनलाई कारण नखुलेको शरीर काम्ने समस्या देखिन थालेपछि आस्था र लैङ्गिक भूमिकाबारेका परम्परागत धारणालाई चुनौती दिनुपर्ने हुन्छ। परम्परालाई जोगाउँदै भविष्यलाई कसरी अझ न्यायपूर्ण बनाउन सकिन्छ भन्ने प्रश्नको जवाफ चलचित्रले खोज्छ।





