२ मंसिर २०८३, मंगलवार

विमानस्थलबाट सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ

ड्रागन मिडिया सम्वाददाता

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चीनको ग्वाङडोङ प्रान्तका ४२ वर्षीय झान गुओकिङ रहेका विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले बताएका छन्।

हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौँ आएका झानको शङ्कास्पद गतिविधिका आधारमा जाँच गरिएको प्रहरीले जनाएको छ। जाँचका क्रममा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाएको अवस्थामा उक्त पदार्थ फेला परेको थियो।

भन्सार छली गरी अवैध रूपमा ल्याउन खोजेको आशङ्कामा पदार्थ बरामद गरी झानलाई नियन्त्रणमा लिइएको नेउपानेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button