३ मंसिर २०८३, बुधबार

आनी छोइङ डोल्मा र सदस्य सचिव पाण्डेले सम्हाले पदभार

ड्रागन मिडिया सम्वाददाता

लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन्। सरकारबाट नियुक्त भएको केही सातापछि उनी लुम्बिनी पुगेर जिम्मेवारीमा प्रवेश गरेकी हुन्।

गायिका तथा समाजसेवी डोल्मालाई कोषका कर्मचारीले स्वागत गरेका थिए। कोषका नवनियुक्त सदस्य सचिव इन्जिनियर सन्तोष पाण्डेले पनि सोही दिन पदभार सम्हाले। कोषका सूचना अधिकारी डा. हरिध्वज राईले दुवै पदाधिकारीले बुधबारदेखि जिम्मेवारी सम्हालेको जानकारी दिए।

रुपन्देहीको तिलोत्तमा निवासी पाण्डेलाई सरकारले सदस्य सचिव नियुक्त गरेको थियो।

लामो समयदेखि कोष पदाधिकारीविहीन थियो। कानुनी व्यवस्थाअनुसार पर्यटन तथा संस्कृति मन्त्री कोषको पदेन अध्यक्ष रहन्छन् भने उपाध्यक्षसहित अन्य पदाधिकारी र सदस्य सरकारले नियुक्त गर्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button