आन्तरिक मतभेदबीच एमालेको राष्ट्रिय कार्यकर्ता भेला

ड्रागन मिडिया समाचार कक्ष
नेकपा एमालेले गत फागुन २१ को निर्वाचनमा अपेक्षाभन्दा कमजोर परिणाम आएपछि कार्यकर्तामा देखिएको निराशा हटाउने र पार्टीभित्रको एकता बलियो बनाउने उद्देश्यसहित बुधबार काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला सुरु गरेको छ।
पार्टीका अनुसार भेलामा आगामी स्थानीय तहको निर्वाचनको तयारीबारे पनि छलफल हुनेछ। पालिका कमिटीका पदाधिकारी, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, केन्द्रीय कमिटीका पदाधिकारी र संघीय सांसदसहित ३ हजार ४१४ जना सहभागी हुँदैछन्।
एमालेभित्र पछिल्लो समय आन्तरिक मतभेद र शीर्ष तहमा असमझदारी देखिएको छ। भेलाले ती मतभेद कम गर्दै पार्टीलाई एकताबद्ध बनाउन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको छ। सहभागी नेता तथा कार्यकर्तासँग पार्टीको आन्तरिक अवस्था र स्थानीय निर्वाचनको तयारीबारे प्रतिक्रिया लिइएको छ।





