५ मंसिर २०८३, शुक्रबार

चीनको दुईदिने भ्रमणपछि पुटिन ताजिकिस्तान पुगे

ड्रागन मिडिया समाचार कक्ष

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको दुईदिने भ्रमण सकेर कार्यगत भ्रमणका लागि ताजिकिस्तान पुगेका छन्। ताजिक राष्ट्रपति इमोमाली रहमोनको निमन्त्रणामा गएका पुटिन सवार इल–९६ विमान राजधानी दुशान्बेमा अवतरण गरेको रुसी समाचार संस्था तासले जनाएको छ।

रहमोन गत साता सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ) को शिखर बैठकमा सहभागी हुन मस्को गएका थिए। त्यतिबेला व्यस्त कार्यतालिकाका कारण रुस–ताजिकिस्तान सम्बन्धका सबै महत्वपूर्ण विषयमा छलफल गर्न पर्याप्त समय नमिलेको पुटिनले बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button