युक्रेन युद्ध अन्त्य गर्ने सम्झौतामा जेलेन्स्की इच्छुक रहेको ट्रम्पको विश्वास

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की इच्छुक रहेको आफूलाई लागेको बताएका छन्। फक्स न्युजकी पत्रकार आइशा हस्नीले सामाजिक सञ्जाल एक्समा ट्रम्पको भनाइ सार्वजनिक गरेकी हुन्।
“उनी [रुसी राष्ट्रपति भ्लादिमिर पुटिन] सम्झौता गर्न चाहन्छन्। आशा छ, जेलेन्स्की पनि चाहन्छन्। मलाई लाग्छ, उनी चाहन्छन्,” हस्नीले ट्रम्पलाई उद्धृत गर्दै लेखेकी छन्।





