५ मंसिर २०८३, शुक्रबार

चीनका दुवै प्रमुख कर्जा ब्याजदर यथावत

ड्रागन मिडिया समाचार कक्ष

चीनले नोभेम्बरमा एकवर्षे र पाँच वर्षभन्दा लामो अवधिका प्रमुख कर्जा ब्याजदर (एलपीआर) यथावत् राखेको छ। चीनको राष्ट्रिय अन्तरबैंक कोष केन्द्रले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार एकवर्षे दर ३ प्रतिशत र पाँच वर्षभन्दा लामो अवधिको दर ३.५ प्रतिशतमा कायम छ।

एकवर्षे एलपीआर बजारमा आधारित कर्जा ब्याजदरको मानक हो। धेरै ऋणदाताले आवास कर्जाको ब्याजदर निर्धारण गर्दा पाँच वर्षभन्दा लामो अवधिको एलपीआरलाई आधार मान्ने गरेको सिन्ह्वाले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button