५ मंसिर २०८३, शुक्रबार

स्थानीय निर्वाचनको तयारीमा आयोग, आज छ राष्ट्रिय दलसँग परामर्श

ड्रागन मिडिया सम्वाददाता

निर्वाचन आयोगले स्थानीय तहको आगामी निर्वाचनको तयारी थालेको छ। आयोगले निर्वाचनको सम्भावित मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे सुझाव लिन राष्ट्रिय मान्यता प्राप्त छ राजनीतिक दलका प्रतिनिधिलाई आज बिहान ११:३० बजे छलफलका लागि बोलाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफलमा स्थानीय तहको निर्वाचनका साथै प्रदेश तहको निर्वाचनसम्बन्धी विषयमा पनि दलहरूसँग परामर्श हुनेछ। स्थानीय तहका वर्तमान जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ। त्यसलाई ध्यानमा राखेर आयोगले निर्वाचनको मिति र तयारीबारे गृहकार्य अघि बढाएको हो।

छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।

आयोगले पहिलो चरणको परामर्शपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलसँग पनि छलफल गर्ने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button