उच्च अदालत पाटनका न्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हवल्दारको मृत्यु

ड्रागन मिडिया सम्वाददाता
उच्च अदालत पाटनका एक न्यायाधीशको व्यक्तिगत सुरक्षामा खटिएका प्रहरी हवल्दार डोलनाथ ढकालको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनी बिहीबार साँझ काठमाडौँको टोखा नगरपालिका–१ स्थित आफ्नै घरमा गोली लागेर घाइते भएका थिए।
गोली चलेको आवाज सुनेपछि परिवारका सदस्यले ढकाललाई अस्पताल पुर्याएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतलाई उद्धृत गर्दै रातोपाटीले ढकालले आफैँलाई गोली प्रहार गरेको जनाएको छ।
प्रहरी वृत्त महाराजगञ्जले घटनाको परिस्थितिबारे अनुसन्धान गरिरहेको छ।





