५ मंसिर २०८३, शुक्रबार

अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूत चाङबीच पुनर्निर्माण र सीमापार सम्पर्कबारे छलफल

ड्रागन मिडिया सम्वाददाता

अर्थमन्त्री स्वर्णिम वाग्ले र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार भेटमा नेपाल–चीन सम्बन्ध, विपदपछिको पुनर्निर्माण र बन्दरगाहसम्बन्धी सहकार्यबारे छलफल भएको हो।

भेटपछि राजदूत चाङले दुई देशबीचको समन्वय सुदृढ गर्ने, सीमापार सम्पर्क विस्तार गर्ने र पूर्वाधार विकासलाई सहज बनाउने विषयमा कुराकानी भएको बताए। दुवै देशका जनतालाई लाभ पुग्ने गरी सहकार्य विस्तार गर्न चीन नेपाली पक्षसँग मिलेर काम गर्न तयार रहेको उनले बताएका छन्।

नेपालको आर्थिक विकास, पूर्वाधार निर्माण र विपद व्यवस्थापनमा चिनियाँ सहयोग तथा आगामी सहकार्यका सम्भावित क्षेत्रबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

राजदूत चाङले यसअघि बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button