५ मंसिर २०८३, शुक्रबार

सार्वजनिक खरिदबाट चार फर्म एकदेखि दुई वर्षका लागि प्रतिबन्धित

ड्रागन मिडिया सम्वाददाता

सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण फर्म र एक आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले बिहीबार गरेको निर्णयअनुसार शुक्रबार सूचना प्रकाशित गरेको हो। कालोसूचीमा परेका फर्मले सूचना प्रकाशित भएको मितिदेखि तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

सडक डिभिजन चौरजहारी, रुकुम पश्चिमको सिफारिसमा जाजरकोटको छेडागाड–१३ स्थित मालिका बस्नेत निर्माण सेवा र सडक डिभिजन महेन्द्रनगरको सिफारिसमा कञ्चनपुरको भीमदत्त–६ स्थित पञ्चकोटी निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।

तेह्रथुमको लालीगुराँस नगरपालिकाको सिफारिसमा बाँकेको नेपालगञ्ज–१० स्थित आदित्य सप्लायर्सलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

नेपाल कृषि अनुसन्धान परिषदको सिफारिसमा काठमाडौँको सुविधानगरस्थित उज्यालो निर्माण सेवा प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button