५ मंसिर २०८३, शुक्रबार

स्थानीय निर्वाचनको मितिबारे दलहरूसँग आयोगको छलफल, प्रदेशको चुनाव पनि सँगै गर्नेबारे राय माग

ड्रागन मिडिया सम्वाददाता

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मितिबारे शुक्रबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका नेताहरूसँग छलफल गरेको छ। आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचन एकै समयमा गर्ने सम्भावनाबारे पनि दलहरूको धारणा मागेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधिलाई परामर्शका लागि आयोगको कार्यालयमा बोलाइएको हो। कान्तिपुरका अनुसार छलफलमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रवक्ता जगदीश खरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा र श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायतका नेता आयोग पुगेका थिए।

विसं २०७९ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ। आयोगले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको परामर्शपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलसँग पनि छलफल गर्ने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button