५ मंसिर २०८३, शुक्रबार

बर्डफ्लु देखिएपछि तीन युरोपेली क्षेत्रबाट कुखुराजन्य उत्पादन आयातमा हङकङको रोक

ड्रागन मिडिया समाचार कक्ष

एच५एन१ बर्डफ्लु देखिएपछि हङकङले नर्वे, बेलायत र नेदरल्यान्ड्सका तीन प्रभावित क्षेत्रबाट कुखुराजन्य उत्पादनको आयातमा बिहीबारदेखि रोक लगाएको छ। हङकङको खाद्य सुरक्षा केन्द्रले जनस्वास्थ्यको सुरक्षाका लागि ती क्षेत्रबाट मासु, अण्डा र अन्य कुखुराजन्य उत्पादनको आयात तत्काल रोक्न व्यवसायीलाई निर्देशन दिएको हो।

आयात रोक लागू भएका क्षेत्रमा नर्वेको आग्देर काउन्टीको लिन्डेसनेस नगरपालिका, बेलायतको लिंकनशायर काउन्टीको वेस्ट लिन्ड्सी जिल्ला र नेदरल्यान्ड्सको फ्रिसल्यान्ड प्रान्त छन्। ती क्षेत्रमा उच्च रोगकारक एच५एन१ एभियन इन्फ्लुएन्जा देखिएको जानकारी विश्व पशु स्वास्थ्य संगठनबाट प्राप्त भएपछि निर्णय लिइएको केन्द्रका प्रवक्ताले बताएका छन्।

केन्द्रले तीनै देशका सम्बन्धित निकायसँग सम्पर्क गरेको र प्रकोपबारे विश्व पशु स्वास्थ्य संगठन तथा ती देशका अधिकारीले जारी गर्ने विवरणको निगरानी गर्ने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button