चीनले हङकङमा दुई अर्ब डलरको सरकारी ऋणपत्र जारी गर्यो, माग ३६ गुणा

ड्रागन मिडिया समाचार कक्ष
चीनको अर्थ मन्त्रालयले हङकङ विशेष प्रशासनिक क्षेत्रमा दुई अर्ब अमेरिकी डलर बराबरको तीनवर्षे सरकारी ऋणपत्र जारी गरेको छ। केन्द्रीय सरकारको स्वीकृतिमा बिहीबार जारी गरिएको ऋणपत्रको प्रतिफल दर ४.८२१ प्रतिशत रहेको मन्त्रालयले शुक्रबार जनाएको छ।
सिन्ह्वाका अनुसार ऋणपत्र खरिदका लागि कुल ७२ अर्ब ३० करोड अमेरिकी डलर बराबरको माग परेको थियो। यो निष्कासन रकमको करिब ३६ गुणा हो।
लगानीकर्ताको भौगोलिक हिस्सामा एसियाको ५२ प्रतिशत, युरोप र मध्यपूर्वको संयुक्त रूपमा ३४ प्रतिशत तथा उत्तर र दक्षिण अमेरिका क्षेत्रको १४ प्रतिशत थियो। लगानीकर्ताको प्रकारअनुसार सार्वभौम लगानीकर्ताको हिस्सा ५९ प्रतिशत, कोष तथा सम्पत्ति व्यवस्थापकको २९ प्रतिशत, बैंक तथा बीमा कम्पनीको ११ प्रतिशत र धितोपत्र कारोबार गर्ने संस्थाको एक प्रतिशत थियो।
जारी गरिएका सबै ऋणपत्र हङकङ स्टक एक्सचेन्जमा कारोबार हुने मन्त्रालयले जनाएको छ।





