प्रधानमन्त्री शाहको दुईदिने राजकीय भारत भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत

ड्रागन मिडिया सम्वाददाता
मन्त्रीपरिषदले प्रधानमन्त्री बालेन्द्र शाहको मंसिर ६ र ७ गते हुने दुईदिने राजकीय भारत भ्रमण स्वीकृत गरेको छ। शुक्रबार बसेको बैठकले भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि गरेको छ।
प्रधानमन्त्री शाहले ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। सरकारी टोलीबाहेक व्यवसायी र सञ्चारकर्मी गरी थप ५२ जना आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन्।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार शाहले भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।





