६ मंसिर २०८३, शनिबार

इन्द्र बानियाँलाई पक्राउ गर्न अदालतको अनुमति, पक्राउ भएको पुष्टि छैन

ड्रागन मिडिया सम्वाददाता

बैंकिङ कसुरसम्बन्धी अनुसन्धानमा नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँलाई पक्राउ गर्न उच्च अदालतले अनुमति दिएको नेपाल प्रेसले जनाएको छ। प्रहरीका एक अधिकारीलाई उद्धृत गर्दै नेपाल प्रेसले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बानियाँको खोजी गरिरहेको उल्लेख गरेको छ। प्रहरीले शनिबार दिउँसोसम्म उनी पक्राउ परेको पुष्टि गरेको छैन।

बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी परिवार निकट श्रोतले गरेको नेपाल प्रेसको समाचारमा उल्लेख छ। सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक अनुपमसमशेर जबराले भने बानियाँको खोजी वा पक्राउको अवस्थाबारे जानकारी दिएनन्। परिवार निकट श्रोतको दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

नेपाल राष्ट्र बैंकको जाहेरीपछि कर्जा दुरुपयोगको आरोपमा अनुसन्धान अघि बढाइएको हो। चार बैंकबाट सिमेन्ट कम्पनीका नाममा लिइएको ३४ करोड रुपैयाँ कर्जा स्वीकृत उद्देश्यभन्दा फरक काममा प्रयोग भएको आरोप छ। अनुसन्धानकै क्रममा सीआईबीले बानियाँका छोरा दीक्षान्तलाई कात्तिक १६ गते रुपन्देहीको भैरहवाबाट पक्राउ गरेको थियो। नेपाल प्रेसका अनुसार उनका भतिज ऋषि बानियाँ पनि भोलिपल्ट पक्राउ परेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button