सेवाभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कारबाही हुन्छ — गृहमन्त्री गुरुङ

ड्रागन मिडिया सम्वाददाता
गृहमन्त्री सुधन गुरुङले पदीय जिम्मेवारी छाडेर नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही गरिने बताएका छन्। शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले कर्मचारीले जनताको कामलाई प्राथमिकता दिनुपर्ने र यस विषयमा कुनै सम्झौता नहुने बताएका हुन्।
‘हामीलाई कसैको चाकडी गर्ने कर्मचारी होइन, जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको हो,’ गुरुङले लेखेका छन्।





