त्रिभुवन विमानस्थलमा दुई किलो ३४८ ग्राम सुन बरामद, दुई चिनियाँ महिला पक्राउ

ड्रागन मिडिया सम्वाददाता
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई चिनियाँ महिलाको साथबाट दुई किलो ३४८ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। अवैध रूपमा सुन ल्याएको आरोपमा दुवैलाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार उनीहरू मंगलबार राति क्याथे प्यासिफिकको उडानबाट काठमाडौं आइपुगेका थिए। घटनाबारे थप विवरण खुल्न बाँकी छ।





