११ मंसिर २०८३, बिहीबार

तनाव बढाउने कदमबाट जोगिन मोल्दोभा सरकारलाई रुसी दूतावासको आग्रह

ड्रागन मिडिया समाचार कक्ष

मोल्दोभाको राजधानी किसिनाउस्थित रुसी दूतावासले रुससँगको सम्बन्धमा तनाव बढाउने कदम नचाल्न मोल्दोभा सरकारलाई आग्रह गरेको छ। रुसी समाचार संस्था तासका अनुसार दूतावासले बुधबार टेलिग्राममा वक्तव्य जारी गर्दै दुई देशको सम्बन्धमा गम्भीर क्षति पुर्‍याउने उद्देश्यले उक्साहटपूर्ण गतिविधिको तयारी भइरहेको दाबी गरेको छ।

दूतावासले मोल्दोभालाई रुससँग टकरावमा तान्न चाहने पक्षको दबाबको प्रतिरोध गर्न र तनाव चर्काउने अविवेकी कदमबाट जोगिन त्यहाँका अधिकारीहरूलाई आग्रह गरेको छ। तासको समाचारमा त्यस्तो गतिविधिको तयारी कसले गरिरहेको हो वा कस्तो कदम चाल्ने योजना छ भन्ने विवरण खुलाइएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button