अदालती विवाहको सात–आठ वर्षपछि गोरखामा परम्परागत विवाहको तयारीमा गुरुङ दम्पती

ड्रागन मिडिया सम्वाददाता
गृहमन्त्री सुधन गुरुङ र उनकी पत्नीले दुवै परिवारको उपस्थितिमा गोरखामा परम्परागत विधिअनुसार विवाह समारोह गर्ने तयारी गरेका छन्। गुरुङनिकट श्रोतलाई उद्धृत गर्दै नेपाल प्रेसले जनाएअनुसार दम्पतीले सात–आठ वर्षअघि अदालती विवाह गरेका थिए।
अमेरिकामा बस्दै आएकी गुरुङकी पत्नी केही समयअघि नेपाल फर्किएकी हुन्। गृहमन्त्रीको गृहजिल्ला गोरखामा मंसिर १७ वा १८ गते समारोह हुन सक्ने श्रोतले जनाएको छ। मिति भने तय हुन बाँकी छ।
गुरुङले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उनकै निवासमा भेटेर समारोहको निम्तो दिएका छन्। नेपाल प्रेसका अनुसार उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि निम्तो दिन भेटको समय मागेका छन्।





