११ मंसिर २०८३, बिहीबार

नेकपाको जागरण अभियानका लागि पूर्वलडाकुलाई सम्पर्क गर्न सन्तु दराईको आग्रह

ड्रागन मिडिया सम्वाददाता

तत्कालीन माओवादी जनमुक्ति सेनाका पूर्वडिभिजन कमान्डर सन्तु दराईले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुईमहिने जागरण अभियानमा सहभागी गराउन काठमाडौं उपत्यकामा रहेका पूर्वलडाकुलाई सम्पर्क गर्न आग्रह गरेका छन्।

दराईले फेसबुकमा लेखेका छन्, ‘काठमाडौँ उपत्यकाभित्र रहनुहुने पूर्व पीएलएका साथीहरूले सम्पर्क गर्नुहोला।’

नेपाल प्रेससँगको कुराकानीमा दराईले उपत्यका र आसपासमा रहेका तथा हाल पार्टीमा कुनै जिम्मेवारी नपाएका पूर्वलडाकुलाई लक्षित गरेर उक्त सन्देश लेखेको बताए। उनीहरूलाई पार्टीको जारी जागरण अभियानमा सहभागी गराउनु नै आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button