प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच पाँच घण्टा वार्ता, निर्वाचन तयारी र सरकारको कामबारे छलफल

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच बिहीबार पाँच घण्टा भेटवार्ता भएको छ। लामिछानेको बूढानीलकण्ठस्थित निवासमा दुई नेताले आगामी निर्वाचनको तयारी र सरकारको कार्यसम्पादनबारे छलफल गरे।
सेतोपाटीका अनुसार प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र त्यसका उपलब्धिबारे लामिछानेलाई जानकारी दिए। दुई नेताले मन्त्री र मन्त्रालयहरूको कामबारे पनि छलफल गरे।
भेटमा रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान, सरकारले ल्याउने तयारी गरेको अध्यादेश र संसदको आगामी अधिवेशनबारे पनि कुराकानी भएको थियो।





