अर्थशास्त्रीहरूद्वारा ट्रम्पको कर परिदृश्यप्रति असमर्थन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यापारिक साझेदारीमाथि थप तथाकथित “पारस्परिक ट्यारिफ” प्रस्तुत गरेकाले अमेरिकासहित अन्तर्राष्ट्रिय जगतका अर्थशास्त्रीले कडा असन्तोष व्यक्त गरेका छन्। स्वदेशमा बढ्दो मुद्रास्फीति र मन्दीको चिन्ताको सामना गर्न ट्रम्पले आफ्नो ट्यारिफ नीतिमार्फत उठेको कोषबाट संघीय आयकरको सट्टा अमेरिकी वित्तीय अवस्थाको सुधार गर्ने नयाँ योजना प्रस्ताव गर्नुभएको थियो।
तर अर्थशास्त्रीहरूले सामान्यतया त्यस योजना साकार तुल्याउन गाह्रो हुने विचार राखेका छन्। ट्याक्स फाउन्डेसनकी प्रमुख अर्थशास्त्री एरिका योर्कका अनुसार, लगभग २० खर्ब अमेरिकी डलरको आयकरको सट्टा गर्न सन् २०२३ को उदाहरणमा ट्यारिफ दर ६९.९ प्रतिशत सम्म हुनुपर्छ र आयातको मात्रा अपरिवर्तन हुनुपर्छ। जुन लगभग असम्भव छ।
कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफरी साक्सका अनुसार, अमेरिकी सरकारको वित्तीय संकटको मूल कारण सरकारको वार्षिक खर्च वित्तीय राजस्वभन्दा धेरै बढी हुनु हो र ट्यारिफ राजस्व वित्तीय संकटलाई आधारभूत रूपमा समाधान गर्न पर्याप्त छैन।





