विभिन्न ग्लोबल साउथ मुलुकद्वारा अमेरिकी भन्सार कर नीतिमाथि आलोचना

अमेरिकाले बारम्बार विभिन्न मुलुकमाथि भन्सार कर थपेकोले विभिन्न ग्लोबल साउथ मुलुकका राष्ट्रानायक र विशेषज्ञले अमेरिकी संरक्षणवाद नीतिबाट विकासोन्मुख मुलुकको अर्थतन्त्र प्रतिकूल हुने भएकोले ग्लोबल साउथ मुलुकले आपसी सहयोगलाई बढाएर संयुक्त रुपमा सामना गर्ने व्यक्त गरेका छन्।
बङ्गलादेश केन्द्रीय बैंक बोर्डका सदस्य टिटुमीरले हालै व्यक्त गरेका छन्:अमेरिका विश्व व्यापारिक प्राणालीबाट सबैभन्दा लाभान्वित भएको मुलुक हो, आफ्नो विकास गरेर अहिले संरक्षणवाद अपनाएर विकासोन्मुख मुलुकको विकास अधिकारको बेवास्ता गरेको छ। इजिप्ट अरब राजनैतिक र रणनैतिक अध्ययन केन्द्रका उपाध्यक्ष गोबाहीले अमेरिकाले भन्सार करलाई राजनैतिक उपकरणको रुपमा प्रयोग गरी सुपर मुलुकको स्थान हराउनेबाट आफूलाई बचाउने ठानेका छन्।





